दार्चुला । नेकपा (एमाले) दार्चुलाले अधिकासं वडामा अध्यक्षका उमेद्धवारको टुङ्गो लगाएको छ । ३२ वडामा औपचारिक निर्णय भइसकेको, केही वडामा सहमति जुटेर निर्णय हुन बाँकी रहेको र केही वडामा उम्मेदवार टुगों लगाउने विषयमा छलफल भइरहेको एमाले नेताहरुले बताएका छन् ।
लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा सुरेशसिंह थापालाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको छ । विहिबार (आज) बसेको वडा कमिटी बैठकले उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष समेत रहनुभएका एमाले जिल्ला कमिटी सदस्य थापालाई वडाअध्यक्षको उम्मेदवार बनाउने सहमति भएको हो । यसअघि लेकमको वडा नम्बर ४ मा पुष्पराज जोशीलाई वडाअध्यक्ष बनाउने सहमति भएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा बहालवाला वडा अध्यक्ष दिलिपसिंह धामीलाइ दोहोर्याउने निर्णय गरिएको छ । अपिको वडा नम्बर ६ मा पनि बहालवाला वडा अध्यक्ष गामसिंह धामीलाइनै उम्मेदवार बनाउने निर्णय गरिउको अपिहिमाल गाउँपालिका कमिटीका अध्यक्ष पोखरसिंह रोकायाले जानकारी दिनुभयो ।
व्यास गाउँपालिका वडा नम्बर १ मा वहालवाला वडाअध्यक्ष अशोकसिंह बोहरा र वडा नम्बर २ मा अस्पाल बुढाथोकीलाइ उमेदवार बनाउने निर्णय गरेको छ । दुहुँ गाउँपालिका वडा नम्बर १ मा जगं बहादुर बम, वडा नम्बर २ मा जमन बडाल, वडा नम्बर ३ मा देव वहादुर बम लाइ वडाअध्यक्षको उमेदवार बनाउने निर्णय भएको एमाले जिल्ला कमिटी सदस्य उमेशराज जोशीले जानकारी दिनुभयो ।
दार्चुलाका दुई नगरपालिकामध्ये शैल्यशिखर नगरपालिकाले वडा नम्बर ५ र ६ बाहेक सात वटा वडामा वडाअध्यक्षका उमेदवारको टुंगो लगाएको छ । वडा नम्बर १ मा बहालवाला वडाअध्यक्ष भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल, वडा नम्बर ३ मा पदम चन्द, वडा नम्बर ४ मा रामसिह ठगुन्ना, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशव राज जोशी र वडा नम्बर ९ मा प्रजापती पाण्डेयलाइ उम्मेदवार चयन गरिएको एमाले दार्चुलाका प्रचारप्रसार एवं प्रकासन विभाग सदस्य राजेश बिष्टले जानकारी दिनुभयो । यस्तै जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका ५ वटा वडामा अध्यक्षका उमेदवारको टुंगो लगाइएको छ । वडा नब्मर ५ मा दिलेन्द्र अवस्थी, वडा नम्बर ६ मा विशनसिंह बोहरा, वडा नम्बर ७ मा सोवान रैखोला, वडा नम्बर ८ मा भवानसिंह धामी र वडा नम्बर ९ मा लोकबिक्रम सामन्तको नाम तय गरिएको महाकाली नगर कमिटीका अध्यक्ष नरसिंह चैसिरले बताउनुभयो ।
नौगाड गाउँपालिकाको वडा नम्बर १ र ५ वाहेक सबै वडामा उम्मेदवारी टुगों लागेको छ । वडा नम्बर २ मा वहालवाला वडाअध्यक्ष नारायनसिंह ठगुन्ना, वडा नम्बर ३ मा बिरसिंह बोहरा (बिरुभाइ), वडा नम्बर ४ मा कृष्ण धामी र वडा नम्बर ६ मा हर्कसिह ठगुन्नाको नाम सिफारिस गरिएको छ । नौगाडको गाउँपालिका अध्यक्षमा वहालवाला अध्यक्ष प्रेमसिंह धामी र उपाध्यक्ष गौरीदेबी ठगुन्नालाई उम्मेदवार चयन गरिएको छ ।
दार्चुलाको मार्मा र मालिकार्जुन गाउँपालिकामा भने वडा र पालिका कमिटी उम्मेदवार छनोटको विषयमा छलफल भइरहेकोे बताइएको छ । सबैजसो स्थानीय तहमा वडादेखि पालिकाका उम्मेदवार छनोटको विषयमा छलफल जारी रहेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक वडालले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया