नौगाडमा एमालेले अध्यक्षमा धामी र उपाध्यक्षमा ठगुन्नालाई दोहोर्‍याउने

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा (एमाले) बाट गाउँपालिका अध्यक्ष पदका लागि एमाले जिल्ला कमिटी अध्यक्ष एबं वहालवाला गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र उपाध्यक्षमा जिल्ला कमिटी सदस्य एबं वहालवाला उपाध्यक्ष गौरीदेबी ठगुन्ना उम्मेदवार बन्ने भएका छन् । २०७४ सालको स्थानीय तह चुनावमा नौगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित धामी र उपाध्यक्षमा निर्वाचित ठगुन्नालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले नौगाड गाउँकमिटीले जनाएको छ ।

जिल्लाका अन्य पालिकाका अध्यक्ष भन्दा तुलनात्मक रुपमा राम्रो काम गरेको जस पाइरहेका धामीलाई नै पुनः अध्यक्ष बनाउने निर्णय गरिएको हो । ‘पार्टी निर्णय त्यही भयो, पुनः जनताको बीचमा जान्छु,’ अध्यक्ष धामीले भन्नुभयो, ‘पत्याए भने पालिका नेतृत्व गर्छु, नत्र पार्टी चलाउछु ।’

नौगाड गाउँपालिकाको वडा नम्बर १ र ५ वाहेक सबै वडामा वडाअध्यक्षको उम्मेदवारी समेत टुगों लागिसकेको छ । वडा नम्बर २ मा वहालवाला वडाअध्यक्ष नारायनसिंह ठगुन्ना, वडा नम्बर ३ मा बिरसिंह बोहरा (बिरुभाइ), वडा नम्बर ४ मा कृष्ण धामी र वडा नम्बर ६ मा हर्कसिह ठगुन्नाको नाम सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार: एमाले दार्चुलाले टुङ्गयायो अधिकासं वडाअध्यक्षका उमेद्धार (जिल्लाभरीको नामावली हेर्नुहोस)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?