आजदेखि टाइफाइड विरुद्धको खोप अभियान, दार्चुलाका ३७ हजार बालबालिकाले खोप पाउदै

दार्चुला । १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्धको ‘टाइफाइड कन्जुगेट भ्याक्सिन’ (टिसिभी) खोप लगाउन सुरु गरिएको छ । चैत २५ गते देखी ३० गते सम्म अभियान संचालन गरी दार्चुला जिल्ला भरीका करिब ३७ हजार बालबालिकालाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार जिल्लाभरीका ३६ हजार ९४० बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइदै छ ।

यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रंगविहीन तयारी झोलको रुपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने रिठाचौपाता स्वास्थ्य चौकी प्रमुख अम्बादत्त जोशीले जानकारी दिनुभयो । यो खोप ९६ दशमलव ९० प्रतिशत प्रभावकारी मानिएको छ । दार्चुलामा ५ दिनको अभियान संचालन गरेर खोप दिइसक्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरी ४२१ ओटा खोप केन्द्र कायम गरिएकोमा ८० प्रतिशत केन्द्र विद्यालयमा रहेका छन् ।

सबैजसो विद्यालयमा खोप अभियान सञ्चालन गर्नका लागि स्वास्थ्य संस्थाहरुको आयोजनामा अभिमुखिकरण गोष्ठी सम्पन्न गरेर महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र स्वयमसेवक शिक्षकहरुलाई खोप केन्द्रहरुमा परिचालन गरिएको छ । अहिले विद्यालयहरुमा परिक्षा सञ्चालन भइरहेकोले परिक्षा सञ्चालन हुनुभन्दा अघि वा पछि समय मिलाएर सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । नेपालमा ५० हजार खोप केन्द्रबाट ७४ लाख बालबालिकालाई यो खोप दिने लक्ष्य छ । देशभर हरेक वर्ष लगभग चार लाख ५० हजारभन्दा बढी टाइफाइडबाट संक्रमित हुन्छन । तथ्यांक हेर्दा पनि खानेकुराबाट हुने रोगमध्ये टाइफाइड तेस्रो नम्बरमा पर्छ ।

संसारमा वार्षिक दुई करोडभन्दा बढी टाइफाइडबाट प्रभावित हुने गरेका छन । जसमध्ये एक लाख ६१ हजारको हाराहारीमा संक्रमणका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?