शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेबाट वियज धामीको उम्मेदवारी, आकाक्षिंबिच सहमति

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेको तर्फबाट विजयसिंह धामीलाई उम्मेदवार बनाउने सहमति भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य धामीलाई नगरप्रमुख पदमा उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटी सदस्य एबं जिल्ला कमिटी पूर्वअध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।

सर्वसहमतिमै मेयरको उम्मेदवारी टुगों लगाएका छौँ, नेता जोशीले भन्नुभयो, शैल्यशिखरमा एमालेको विजय सुनिश्चित हुने ढंगले तयारी गरिरहेका छौँ । शैल्यशिखरमा नगरप्रमुख पदका आकाक्षिं सबैले धामीलाई सहमति दिएको उहाँको भनाई छ ।

यसअघि दार्चुलाको नौँगाड गाउँपालिका अध्यक्षमा प्रेमसिंह धामी र दुहुँमा नरेन्द्रसिंह बडाललाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । अन्य पालिकामा उम्मेदवार छनोटको विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । अधिकांस वडाहरुको उम्मेदवारी सहमतिमै टुगों लागिसकेको बताउदै नेता जोशीले पालिका उम्मेदवार समेत सहमतिमै टुगों लाग्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?