युवा नेता सन्तोष जोशीले डिलाशैनीको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उहाँको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गरिएको बताइएको छ । रेडियो लोकपर्दणसंगको कुराकानीमा युवा नेता जोशीले भन्नुभयो, जनता र कार्यकर्ताको भावना अनुसार उम्मेदवार चयन नहुने भएपछि आफुले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेको हु, चैत २७ गते उम्मेदवारी घोषणा गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

यही चैत २७ गते धामीगाउँमा कार्यक्रमको आयोजना गरेर अध्यक्ष पदको उम्मेद्वारी घोषणा गर्ने जोशीले बताउनुभयो । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत रहनुभएका नेता जोशीले आम नेता कार्यकर्ताहरु मेरो पक्षमा रहेका बेला समेत माइन्युट गायब गरेर नाम सिफारिश नगरेपछि यो निर्णयमा पुगेको बताउनुभएको छ ।

यस्तै उहाँले आफ्नो टीमका वडा अध्यक्षहरुको उम्मेद्वारी चैत २९ मा घोषणा गर्ने र त्यसपछि सदस्यहरुको पनि उम्मेद्वारी घोषणा गर्ने तयारी भएको बताउनुभएको छ । एमाले डिलाशैनी गाउँकमिटीले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष उकेन्द्र बोहरा, गाउँपालिका प्रवक्ता अक्कल राना र प्रेमराज भट्टको नाम सिफारिश गरेको छ । गाउँपालिका कमिटिको बैठक बसेका बेला माइन्युट गायब गरेर आफ्नो नाम षडयन्त्रपूर्वक हटाएको जोशीले आरोप छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?