दार्चुला । नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आज शुक्रवार राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका काकाका छोरा नारायण दाहाललाई राष्ट्रिय सभामा मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा दाहाल मनोनीत हुनुभएको हो ।
गभर्नर महाप्रसाद अधिकारी निलम्बित
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । सरकारले निलम्बन गरेको बारे थाहा भएको र औपचारिक पत्र भने नआइसकेको गभर्नर अधिकारीले जानकारी दिनुभयो ।
हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । उहाँमाथि लागेका आरोपबारे छानबिन गर्न समिति नै गठन गरिएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया