दार्चुला । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ। केन्द्रमा गठबन्धन दलहरूबीच भएको सहमतिविपरीत नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको जनाएको छ।
धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो।
केन्द्रबाट पाँचदलीय गठबन्धन प्रदेश तथा स्थानीयस्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो तर जसपालाई आउट गर्दै अगाडि बढ्न खोजेको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताउनुभयो। यस्तै सुदूरपश्चिममा गठबन्धन नहुने पनि उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जसपाले प्रदेशमा स्थानीय तह निर्वाचनका लागि एक्लै लड्न सक्षम रहेको दाबी गरेको छ। यस्तै आवश्यकताअनुसार अन्य पार्टीसँग मिलेर अगाडि बढ्न तयार रहेको जसपाको
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया