महाकालीमा हाम फालेकी महिलाको मृत्युु, अनुसन्धान हुँदै

दार्चुला । दार्चुलाको महाकाली नदीमा हाम फालेकी एक महिलाको ज्यान गएको छ । महाकाली नगरपालिका-४ खलंगा पुलघाट नजिक रिङनतालबाट अन्दाजी २८ बर्षीया एक महिलाले आइतबार विहान सवा १० बजे महाकाली नदीमा हाम फालेपछि दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्मा नेतृत्वमा खटिएको ११ जनाको प्रहरी टाेलिले महिलाको महाकाली नगरपालिका-५ नमस्कार (नमसिकार) नजिकै महाकाली नदीबाट अचेत अवस्थामा उद्वर गरि जिल्ला अस्पताल दार्चुला पु-याएकाे भएपनि डाक्टरले मृत घोषणा गर्नुभएको हो ।
अचेत अवस्थामा उद्दार गरिएकी महिलालाई अस्पताल पुर्याएको केही मिनेटमै डाक्टरले मृत्यु भएको घाेषणा गरेको प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । मृतक महिलाको पहिचान खुल्न सकेको छैन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?