दोगडाकेदारमा पनि एमालेले उम्मेदवार चयन थाल्यो, वडा नम्बर २ को वडाअध्यक्षमा महरा

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि नेकपा एमालेले वडा र पालिकाका उम्मेदवार चयन गर्न थालेको छ । एमालेको तर्फबाट दोगडाकेदार गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा दलबहादुर महरालाई उम्मेदवार बनाउने सहमति भएको छ ।

आइतबार बसेको वडाकमिटी बैठकले महरालाई वडाअध्यक्षको उम्मेदवार बनाउने सहमति गरेको नेकपा एमाले दोगडाकेदार गाउँकमिटी अध्यक्ष काशिसिंह बिष्टले जानकारी दिनुभयो । अरु वडाका उम्मेदवार र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयनका लागि छलफल भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?