शैल्यशिखरमा कांग्रेसबाट पुनः अमर धामी मेयरको उम्मेदवार, एमालेका विजय धामीसंग प्रतिस्पर्धा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसको तर्फबाट नगर प्रमुख (मेयर) को उम्मेदवारमा अमरसिंह धामीलाई नै दोहोर्याउने सहमति भएको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट शैल्यशिखर नगरपालिका प्रमुखमा निर्वाचित धामी पुनः नगर प्रमुख पदका लागि सर्वसम्मत चयन भएको कांग्रेस शैल्यशिखर नगरकार्यसमितिले जनाएको छ ।

शैल्यशिखर नगरपालिकामा नेकपा एमाले र कांग्रेसबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसले आज अमरसिंह धामीलाई पुनः मेयरको उम्मेदवार चयन गरेको छ भने एमालेले यसअघि नै विजयसिंह धामीलाई उम्मेदवार बनाउने सहमति गरिसकेको छ । दुबै पार्टीबाट उम्मेदवार सिफारिस भएका धामी शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानीय हुन् । सत्तारुढ दल बीच गठबन्धन भएपनि कांग्रेसले नै उक्त पालिका पाउने सम्भावना बढी छ । त्यसैले मुख्य प्रतिस्पर्धा दुइजना धामी उम्मेदवारमै हुने निश्चित छ । एउटै भूगोलका उम्मेदवार भएकोले पनि रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

आसन्न स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा शैल्यशिखरका विभिन्न वडाहरुमा नेकपा एमाले र नेपाली कांग्रेसले सर्वसम्मत रुपमा वडादेखि पालिकाका उम्मेदवार चयन गरिएको जनाइएको छ । एमालेले भोलिसम्ममा सबै उम्मेदवारको टुगों लगाइसक्ने जनाएको छ । भने कांग्रेश र माओबादी केन्द्रमा गठबन्धको विषयमा टुगों नलाग्दा केही अलमल देखिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?