दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवारमा पुलेन्द्र बहादुर कार्की सर्वसम्मत रुपमा चयन हुनुभएको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको जिम्मेवारीमा आउनुभएका कार्की पुनः अध्यक्ष पदका लागि सर्वसम्मत चयन भएको नेपाली काँग्रेस दुहुँ गाउँकार्यसमितिले जनाएको छ । नेपाली कांग्रेश दार्चुलाका सचिव समेत रहनुभएका नेता कार्की गाउँपालिका अध्यक्षको उम्मेदवार बनेसंगै चुनावी प्रचारप्रसार तथा भेटघाट थालिएको नेताहरुले बताएका छन् ।
दुहुँ गाउँपालिका अध्यक्षका लागि एमालेबाट नरेन्द्रसिंह बडाल यसअघि नै सर्वसम्मत रुपमा सिफारिस हुनु भएको छ । दुहुँ गाउँपालिका अध्यक्षको लागि एमाले दुहुँ गाउँपालिका कमिटीले २०७४ सालको स्थानीय तहमा पराजित नेता नरेन्द्र बडाललाई नै अध्यक्ष पदका लागि उम्मेदवार बनाउन पुन सर्वसम्मतरुपमा जिल्ला कमिटिलाई सिफारिस गरेको हो । कांग्रेश र एमालेले उम्मेदवारको टुगों लगाएसंगै आसन्न स्थानीय तह निर्वाचनमा दुहुँ गाउँपालिकामा फेरी पुलेन्द्र कार्की र नरेन्द्र बडालबिच प्रतिस्पर्धा हुने भएको छ ।
दुहुँ गाउँपालिका अध्यक्षका उम्मेदवार कार्की र बडाल दुबैजना शिक्षण पेशाबाट राजनीतिमा प्रवेस गरेका हुन् । एमाले नेता बडाल २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्न शिक्षकबाट राजीनामा गरी राजनीतिमा होमिनुभएको थियो ।
२०७४ को निर्वाचनमा दुहुँमा नेपाली काँग्रेसले पाँचवटै वडाअध्यक्षसहित पालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो । पछिल्लो समय नेकपा एमालेको पक्षमा जनलहर देखिएको र माओबादीका केही नेता कार्यकर्ता समेत एमालेमै रहेकोले एमालेको जनमत बढेको नेताहरुको दाबी छ । गत साता सम्पन्न चुनावी आमसभामा समेत एमालेको पक्षमा जनलहर देखिएको र कांग्रेश र माओबादीका थुप्रै कार्यकर्ता एमालेमा समाहित भएकोले निर्वाचनमा एमालेको जित हुने जिल्ला कमिटी सदस्य उमेशराज जोशीले बताउनुभयो । कांग्रेशले समेत आफ्नो आधार क्षेत्र दुहुँ भएकोले कांग्रेशको जित हुने दाबी गरेको छ । यद्धपी दुहुँमा कांगेश र एमाले दुबै दलबिच कडा चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया