सशस्त्र प्रहरीको आईजीपीमा के.सी. नियुक्त

दार्चुला । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम के.सी. लाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआइजी के।सी।लाई नियुक्त गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबार अवकाशमा गएपछि आइजी पद खाली थियो । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी के।सी। र रामशरण पौडेल हुनुहुन्थ्यो । सरकारले वरियताका आधारमा के।सी।लाई महानिरीक्षक नियुक्त गरेको हो ।

के.सी. को कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण के.सी. र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ चयन हुनेछ ।
के.सी. नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना हुनु भएको र पछि सशस्त्र प्रहरीमा प्रवेश गर्नु भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?