दार्चुला । दार्चुलामा नेकपा एकिकृत समाजवादीले सात स्थानीय तह प्रमुख तथा अध्यक्ष र पाँच स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्षका उम्मेदवार चयन गरेको छ । सत्तारुढ दलहरुबिच गठबन्धन नभएमा एक्लै निर्वाचन लड्ने तयारी स्वरुप नेकपा एसले पालिका प्रमुख र उपप्रमुख टुगों लगाएका हो ।
अपिहिमाल गाउँपालिका अध्यक्षमा कमलेश रोकाय र उपाध्यक्षमा रुकमती जागरी, मार्मा गाउँपालिका अध्यक्षमा इन्द्रसिंह बिष्ट र उपाध्यक्षमा निर्मला जोशी बिष्ट, नौगाड गाउँपालिका अध्यक्षमा बिरबहादुर ठगुन्ना र उपाध्यक्षमा बसन्ती ठगुन्नाले उम्मेदवारी दिने नेकपा एस दार्चुलाले जनाएको छ । यस्तै महाकाली नगरपालिका प्रमुखमा गणेशकुमार जोशी र उपप्रमुखमा धनिषा पाल, शैल्यशिखर नगरपालिका प्रमुखमा अजबसिंह बिष्ट, मालिकार्जुन गाउँपालिका अध्यक्षमा किशनसिंह धामी, लेकम गाउँपालिका अध्यक्षमा नरेश गिरी र उपाध्यक्षमा मानमती रावलले उम्मेदवारी दिने निर्णय भएको नेकपा एस दार्चुलाका नेता बिक्रम ऐरीले जानकारी दिनुभयो ।
दार्चुलामा नेकपा एकिकृत समाजवादीको जनआधार तुलनात्मक रुपमा निकै कमजोर रहेको छ । गठबन्धन भएमा नेपाली कांग्रेश र माओबादी केन्द्रले नै पालिका अध्यक्ष र प्रमुखको उम्मेदवारी दिने सम्भावना रहेको छ । तर सत्तारुढ दल मिलेर जान सकिने अवस्थामा एउटा पालिका प्रमुख वा अध्यक्ष, केही स्थानीय तहमा उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यमा नेकपा एकिकृत समाजवादीले दाबी गर्ने बुझिएको छ ।
गठबन्धन गर्ने विषयमा हालसम्म सहमति जुटिसकेको छैन् । कार्यकर्तातहबाट गठबन्धन नगर्न चर्को दबाब आइरहेको र सत्तारुढ दलहरुले हैसियत तथा जनाधार भन्दा बढी सिट माग गरेकोले उम्मेदवारी बाडँफाँडका बिषयमा सहमति गर्न कठिन भएको कांग्रेश नेताहरु बताउछन् ।
यसैबिच नेकपा एकिकृत समाजवादीले जिल्ला सचिव जनक डाँगालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ । सचिव डाँगाले केही दिन पहिले नेकपा एमालेमा फर्किएको बताउदै प्रेस विज्ञप्ती नै जारी गर्नुभएको थियो । डाँगा एमालेमा गएकै कारण कारवाही गरिएको बुझिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया