दार्चुला । दार्चुलामा पछिल्लो समय बजार अनुगमनमा थोरै कडाइ गरिएको छ । सरोकारवालाहरुले बजार अनुगमन नगरेको कारण मूल्यबृद्धि र कालोबजारी मौलाएको गुनासो बढेपछि नयाँ बर्ष (विशु पर्व) को पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार अनुगमन थालिएको हो । अनुगमनका क्रममा आज खलंगा बजारका २६ वटा पशलको अनुगमन गरिएको छ । अधिकासं पशलमा म्याद नाघेका अखाद्य बस्तुहरु बरामद गरी नष्ट गर्नुका साथै कानूनको उल्लङ्घन गर्नेलाई २२ हजार जरिवाना तिराइएको छ । हिजो बंगाबगरका २७ पशल अनुगमन गर्नुका साथै अखाद्य बस्तु नष्ट गरी कानून उल्लङ्घन गर्ने दुई वटा पशललाई ५/५ हजार जरिवाना तिराइएको थियो ।
खलंगा बंगाबगडमा रहेको विस्वास मेडिकल हलका सञ्चालकले अर्का व्यक्तीको लाइसेन्स राखेर औषधि विक्री वितरण गर्दै आएको पाइएपछि कारवाही गरिएको बताइएको छ । बिना लाइसेन्स औषधि विक्री वितरण गर्दै आइरहेको पाइएपछि तत्काललाई पाँच हजार रुपिँया जरिवाना गरिएको अनुगमन समिति प्रमुख एबं दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो । विस्वास मेडिकल सञ्चालकले दर्ता प्रमाण पत्र, कर सम्बन्धिका कुनै पनि प्रमाण पत्र देखाउन नमानेको उहाँको भनाई छ । चाडपर्व लक्षित अनुगमनका क्रममा बंगाबगडमा रहेका २७ वटा किराना पसल र २ वटा मेडिकलहरुमा अनुगमन गरिएको सहायक प्रजिअ साउँदले बताउनुभयो । अनुगमनका क्रममा कुनै पनि निकायमा दर्ता नै नगरी वियरबार संचालन गर्दै आइरहेको बंगाबगडकै एक वियरबारलाई पनि पाँच हजार रुपिँया जरिवाना गरिएको छ ।
खलंगाका ५३ वटा किराना पसलहरुमा गरीएको अनुगमनमा ठुलो संख्यामा अखाद्य बस्तु (म्याद नाघेको) समान बरामद गरिएको छ । किराना पसलहरुबाट डेढ लाख बढीको म्याद नाघेको समान बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बजार अनुगमनका बेला अनुगमन टोलीले जनचेतना मुलक सन्देश सहितका पर्चा पम्पलेट पनि वितरण गरेको छ । उपभोक्ता हक हित संरक्षण सम्बन्धि सचेतना प्रवाह गर्ने पर्चा पम्पलेट वितरण गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी साउँदको संयोजकत्वमा गरीएको बजार अनुगमन टोलीमा महाकाली नगरपालिकाका प्रतिनिधि, घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधि, उद्योग वाणिज्य संघ प्रतिनिधि, नेपाल पत्रकार महासंघ प्रतिनिधि र नेपाल प्रहरीको सहभागिता रहेको थियो । गत साता सहायक प्रजिअ साउँद नेतृत्वको टोलीले दुर्गम स्थानीय तह अपिहिमाल र मार्मामा समेत बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकासं पशलमा म्याद नाघेका खुद्रा सामाग्रीहरु फेला परेपछि नष्ट गरिएको छ । व्यापारीहरुलाई अबदेखि म्याद नाघेका अखाद्य बस्तु बिक्री वितरण नगर्न र पशलमा देखिने गरी अनिवार्य मूल्यसूची टास्न सचेत पारिएको उहाँले बताउनुभयो ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया