शैल्यशिखरमा झगडा हुँदा एकको मृत्यु, तीन जना नियन्त्रणमा

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारीमा युवकहरुबिच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिकाको सिप्टीमा लागेको बिसुजात्रा हेरेर घर फर्किने क्रममा तल्लाकाडापारीमा शुक्रबार राती युवाहरु बीच झगडा भएको हो । झगडा हुँदा तल्लोकाडापारीका २५ बर्षीय जगदिश ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राती ४/५ जना युवाहरुको समूहले जगदिश माथि लगातार आक्रमण गरेको तथा उनको घट्ना स्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ठगुन्ना माथि आक्रमण गर्ने तीन जना युवालाई काडापारी प्रहरी चौकीले नियन्त्रणमा लिएको बताइएको छ ।

स्थानीय कमलेस भट्ट, गौरभ भट्ट र नमराज दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतको दावी छ । मृतक ठगुन्नाको साथमा नगद २ लाख रुपैयाँ रहेको तथा घट्नापछि सो रकम नभेट्टीएको मृतकको पारिपारिक श्रोतले जनाएको छ । दार्चुलामा पछिल्लो समय अपराध तथा हत्या हिंसाका घटनाहरु बढ्न थालेका छन् । अपराध नियन्त्रणका लागि व्याक्ति, परिवार र समाजको महत्तपूर्ण भूमिका हुने भएकोले सतर्कता अपनाउन तथा भूमिका निर्वाह गर्न सुरक्षाकर्मीको अनुरोध छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?