शैल्यशिखरमा कांग्रेशले मेयरमा धामी र उपमेयरमा पाललाई दोहोर्याउने

दार्चुला । नेपाली कांग्रेशको तर्फबाट शैल्यशिखर नगरपालिका प्रमुखमा अमरसिंह धामी र उपप्रमुखमा राजमती पालले उम्मेदवारी दिने सहमति भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित मेयर धामीलाई फेरी मेयरको उम्मेदवार बनाउने र उपमेयरमा निर्वाचित पाललाई फेरी उपमेयरकै उम्मेदवार बनाउने सहमति भएको नेपाली कांग्रेश शैल्यशिखर नगरसमितिले जनाएको छ ।

शैल्यशिखर नगरपालिकामा कांग्रेश र एमालेले उम्मेदवारको टुगों लगाइसकेका छन् । एमालेले वडादेखि पालिका प्रमुख सबै उम्मेदवारको सहमतिमै टुगों लगाएर प्रचारप्रसार सुरु भइसकेको जनाएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानीय समेत रहेका मेयर धामीसंग सोही ठाउँका विजयसिंह धामीले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि स्थानीय निकायको निर्वाचनमा कांग्रेशका अमर धामीलाई पराजित गरेर गाबिस अध्यक्ष भइसकेका एमाले नेता विजय धामी नगरप्रमुख पदमा उम्मेदवार हुने भएसंगै रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अन्य दलबाट उम्मेदवार बनेपनि जनमतको आधारमा एउटै वडाका धामीद्धय बिच शैल्यशिखरको नगरप्रमुखका लागि मुख्य प्रतिस्पर्धा हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?