दार्चुलामा गठबन्धनको बैठक निष्कर्षबिहीन, दलहरुको अडान कायमै, तालमेलको सम्भावना घट्दै

दार्चुला । सत्तामा रहेका दलहरुको जिल्ला बैठक निष्कर्षबिहीन बनेको छ । देशै भरी गठबन्धनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनले तालमेल गर्न सात बुदे सर्कुलर जारी गरेपनि त्यस अनुरुप गठबन्धन हुन सकेको छैन । दार्चुलामा सत्तारुढ गठबन्धनका नेताहरुले आ–आफ्नो पार्टीको कार्यदल बनाएर निरन्तर बैठक बसी छलफल गर्दा पनि शनिबार आजसम्म कुनै निष्कर्ष आएको छैन ।

नेपाली कांग्रेश दार्चुलाका कार्यसमिति सचिव पुलेन्द्रबहादुर कार्कीले भन्नुभयो, हामीले निरन्तर बैठक बसेर छलफल गर्यौं, नेकपा माओवादी केन्द्रले अलि बढी नै आकांक्षा राख्यो र त्यस अनुरुप आजको बैठकमा पनि गठबन्धनका बारेमा टुंगो लागेन । अपि, मालिकार्जुन र नौगाडमा त्यति विवाद नदेखिए पनि जिल्लाका छ वटा पालिका महाकाली नगरपालिका, शैल्यसिखर नगरपालिका यस्तै लेकम, मार्मा, दुहुँ र व्याँस गाउँपालिकामा भने भागबण्डा मिल्न नसकेको कांग्रेश जिल्ला सचिव कार्कीले बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्र दार्चुलाको कार्यदलका अनुसार चैत्र २० गते देखि बैठक बस्दै आएकोमा आज औपचारिक वैठक कांग्रेसका जिल्ला सभापति ललित सिंह बोहराको संयोजकत्वमा बसेको थियो । बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट मानबहादुर धामी, पदम राज पन्त, जमन सिंह धामी र कांग्रेसका तर्फबाट ललितसिंह बोहरा, करबिर बहादुर कार्की, पुलेन्द्र कार्की, केशव बहादुर सिंह सहभागी हुनुहुन्थ्यो ।

बैठकमा सहभागि माओवादीका एक नेताले भन्नुभयो, जिल्लाका नौ वटै पालिका र ६१ वटै वडालाई केन्द्रित राखेर गठबन्धन गरौं भन्ने हाम्रो माग हो त्यस अनुरुप अहिलेसम्म निष्कर्ष आएको छैन। केहि पालिकाहरुमा समझदारी भएपनि दुहुँ, मार्मा, महाकाली र व्याँसमा अलि बढी छलफल केन्द्रित भएको थियो। फेरि दुवै दलका नेताहरु बसेर निष्कर्षमा पुग्ने कुरा गरिएको छ । हामीले आफ्नो पार्टीमा रिपोर्टिङ गरिरहेका छौं। सम्भवतः गठबन्धन हुनसक्छ यदि एकअर्कालाई बुझ्न नसके नहुन पनि सक्छ, उहाँले भन्नुभयो ।

बैठकमा सहमति जुटि नसकेकोले अहिले नै केहि भन्न सकिने अवस्था नरहेको नेकपा माओवादी केन्द्र दार्चुला जिल्ला समन्वय समिति सचिव पदमराज पन्त प्रेमले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

कांग्रेश र माओबादीबिच छलफल भएपनि नेकपा एकिकृत समाजवादीलाई भने उपेक्षा गरिएको पाइएको छ । राजनीतिक दलहरु आफ्नो अडानबाट पछि नहटे सहमति जुट्ने सम्भावना न्यून रहेको बैठकमा सहभागि नेताहरुको प्रतिक्रिया छ । देशका अधिकासं पालिका र जिल्लामा गठबन्धन नहुने संकेत देखिएको छ । सत्तारुढ गठबन्धनका जिल्लादेखि केन्द्रसम्मका बैठकहरु निष्कर्षविहिन भइरहेको छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?