दार्चुला । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा महसुस गरिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया