राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको भवन बनाउने जिम्मा स्थानीय तहलाई दिने तयारी

दार्चुला । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन संरचना निर्माणको जिम्मा स्थानीय तहलाई दिने तयारी गरेको छ।

यो वर्षको बजेटबाट भवन निर्माण र प्रबलीकरणको जिम्मा स्थानीय तहलाई दिन लागिएको शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले जानकारी दिनुभयो।

उनले बजेटमात्र केन्द्रले दिने र विद्यालय भवन संरचना निर्माण भने स्थानीय तहबाटै गरिने बताए। ‘पढ्दै कमाउँदै कार्यक्रम भने यही केन्द्रबाट सञ्चालन हुन्छ तर, यो भौतिक निर्माण कार्यक्रम केन्द्रमा नराख्ने भनेका छौँ, स्थानीय तहलाई कुन स्कुल कमजोर छ, सबै जानकारी पनि हुन्छ, त्यसैले स्थानीय तहलाई जिम्मा दिँदै छौँ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार केन्द्रबाट स्थानीय तहलाई यो कार्यक्रम जिम्मा दिइसकेपछि विद्यालयले संरचना निर्माण लगायतको प्रस्ताव स्थानीय तहमा गर्नुपर्नेछ।

सरकारले सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार्न ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ जारी गरि कार्यक्रम शुरु गरेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?