कांग्रेश र माओबादीबिच सहमति: दार्चुलाका पाँच पालिका प्रमुख कांग्रेश र चारमा माओबादीले पाउने

दार्चुला। दार्चुलामा प्रमुख सत्तासाझेदार दलहरु नेपाली कांग्रेश र नेकपा माओबादी केन्द्रबिच सत्ता बाँडफाँडमा सहमति जुटेको छ । नौँ स्थानीय तह रहेको दार्चुलामा दुई नगरपालिकासहित ५ पालिका प्रमुख नेपाली कांग्रेस र ४ पालिका प्रमुख तथा अध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने भएको छ । यस्तै दुई वटा पालिक उपाध्यक्ष माओवादी केन्द्रले पाउने र सात वटा पालिका उपप्रमुख वा उपाध्यक्ष नेपाली कांग्रेसले पाउने सहमति भएको नेताहरुले बताएका छन् ।

माओबादी केन्द्रले दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिका अध्यक्ष पाउने बताइएको छ । यस्तै नेपाली कांग्रेशले महाकाली नगरपालिका र शैल्यसिखर नगरपालिका प्रमुख तथा मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिका अध्यक्ष पाउने सहमति भएको हो । माओबादी केन्द्रले मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिका उपाध्यक्ष पाउने छ भने नेपाली कांग्रेशले अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिका उपाध्यक्ष तथा महाकाली नगरपालिका र शैल्यसिखर नगरपालिका उपप्रमुख कांग्रेशले पाउनेछ ।

स्रोतका अनुसार कांग्रेशले जिल्लाका ४० बढी वडामा नेतृत्व पाउने छ भने नेकपा माओबादी केन्द्रले २० वडा पाउने पक्कापक्कीजस्तै छ । सबै वडा र पालिकामा सम्मानजनक उपस्थिति हुनुपर्ने माओबादी केन्द्रको दाबी छ । जिल्ला समन्वय समिति प्रमुख भने कांग्रेशको भागमा पर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?