दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा माओबादी केन्द्रको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्र लेकम गाउँकमिटी अध्यक्ष उमाकान्त विष्टको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, लेकम गाउँपालिका ईन्चार्ज एवम् आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट लेकम गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राम दत्त जोशीको प्रमुख अतिथ्यता र पार्टीका सह–ईन्चार्ज आनसिहं ठगुन्नाको विशिष्ट आतिथ्यता रहेको थियो ।
बैठकमा गाउँ कमिटी एवम भातृ संगठन लगायतका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सत्ता गठबन्धन बाट लेकम गाउँपालिकाको नेतृत्वमा उम्मेदवारी पाएको माओवादीले सत्ता गठबन्धन लाई धन्यवाद दिएको छ। बैठकमा निर्वाचनमा केन्द्रीत कार्यकर्ताहरुको गुनासो एवम् सल्लाह सुझाव लिन बसेको बताइएको छ । ६ वटै वडाका नेताहरुले आ–आफ्नो गुनासो एवम् सुझाव राखेका थिए भने प्रमुख अतिथि जोशीले निर्वाचन सम्बन्धी आफ्नो एवम् पार्टीको धारणा राख्नुभएको थियो ।
माओवादीका नेता कार्यकर्ताहरुले कांग्रेसलाई इंगित गर्दै अन्तर्घात गर्ने त होइनन् कि? वडामा एकलौटी उम्मेदवार बनाएर पाखा लगाउने त होइनन् कि? भन्ने आशंकित प्रश्नहरु गरेका थिए। जवाफ दिँदै प्रमुख अतिथि जोशीले आफू आसंकित नरहेको र आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर कांग्रेसले एकलौटी वडाका सदस्यहरुको उम्मेदवारी घोषणा नगर्नेमा पनि विश्वस्त रहेको बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया