ग्वानीमा एमाले र कांग्रेशका कार्यकर्ताबिच झडप, दुई जना घाइते

दार्चुला । स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दलहरुले प्रचारप्रसार कार्यमा तिब्रता दिएका छन् । प्रचारप्रसारकै क्रममा शैल्यशिखर नगरपालिकाको ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेशका कार्यकर्ताहरु विच झडप भएको छ ।

झडपमा गाडीका सिसाहरु फुटेका छन भने केही कार्यकर्ता घाइते भएको बताइएको छ । एमालेका विद्यार्थी नेता राजेश बिष्टका अनुसार, शान्तिपूर्ण र्याली गरिरहेका बेला कांग्रेशका कार्यकर्ताहरुले एमाले कार्यकर्तामाथि ढुङ्गा र सिसाका बोतलहरु प्रहार गरेपछि केही कार्यकर्ता घाइते भएका छन भने गाडीमा क्षती पुगेको छ ।

उक्त घटनाबारे प्रहरीलाई बुझ्दा सामान्य विवाद भएको बताइएको छ । नेकपा एमालेका कार्यकर्ताहरुले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेशका कार्यकर्ताहरुसँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताउनुभयो । विवादका क्रममा एमालेका दुई जना कार्यकर्ताहरुलाई सामान्य चोट पटक लागेको प्रहरीले जनाएको छ ।

सडकमा एमाले र कांग्रेशका कार्यकर्ताबिच भेट हुँदा कांग्रेश कार्यकर्ताले आक्रमण गरेको प्रतक्षदर्शीहरुले बताएका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?