दार्चुला। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा पत्रमा घोषणा पत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढछ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
आजै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताउनु भयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया