कांग्रेस क्षेत्रीय सभापतिले दिए राजीनामा

दार्चुला । मेयरको उम्मेदवार सिफारिस एकलौटी भएको आरोप लगाउँदै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टी परित्यागको घोषणा गरेका छन् ।
जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको पत्र बुझाएका छन् । लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति रहेका थिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वसभापति समेत रहेका उनी पार्टीभित्र संस्थापन इतरका मानिन्थे ।

संस्थापन इतरकै नगर सभापति खेलराज पाण्डेलाई नगर समितिले सर्वसम्मत मेयर उम्मेदवार सिफारिस गरेपछि उनी लगायत १३ जनाले विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।

शुक्रबारै भैरहवामा रुपन्देही–३ का पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादवले पार्टी परित्याग गरी जसपा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?