दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेबाट नरसिंह चैसिरलाई उम्मेदवार बनाउने सहमति भएको छ । दार्चुला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको मेयरमा एमालेबाट चैसिरको नाम सर्वसम्मत प्रदेश कमिटीलाई सिफारिस गरिएको नेताहरुले बताएका छन् ।
महाकाली नगरपालिकामा एमालेबाट नेकपा एमाले जिल्ला कमिटी सचिव शेरसिंह धामी र नगर कमिटी अध्यक्ष नरसिंह चैसिरको बलियो दाबेदारी थियो । अन्तिममा चैसिरलाई उम्मेदवार बनाउने सहमति भएको हो । २०३८ साल माघ ४ गते महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा जन्मिएका चैसिर लामो समयदेखि नेकपा एमालेमा आवद्ध छन् ।
शिक्षण पेशाबाट राजीनामा गरेर राजनीतिमा होमिएका चैसिर २०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित हुनुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया