दार्चुलामा ३२३ पदमा ७७२ जनाको उम्मेदवारी, एमालेबाट सोभा टमटा सदस्यमा निर्विरोध निर्वाचित

दार्चुला । आसन्न स्थानीय तह निर्वाचनका लागि दार्चुलामा पनि आइतबार र सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जिल्लाका नौँ वटै स्थानीय तहमा ३२३ पदका लागि ७७२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिपसिंह धामीले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन अधिकारी धामीका अनुसार ९ जना अध्यक्ष तथा प्रमुख पदका लागि ४० जनाको उम्मेदवारी परेको छ । ९ जना उपाध्यक्ष तथा उपप्रमुख पदको लागि २९ जनाको उम्मेदवारी परेको छ । ६१ जना वडाअध्यक्षका लागि १७६ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाभरी खुल्ला सदस्यमा २७३ जना, महिला सदस्यमा १३४ जना र दलित महिला सदस्यमा १२० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासंगै राजनीतिक दलबाट टिकट पाएका र स्वतन्त्र उम्मेदवारी दिएकाहरुले प्रचारप्रसार थालेका छन् । निर्वाचन आचारसंहिताको पालना गरेर प्रचारप्रसार गर्न निर्वाचन कार्यालयले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

यसैबिच अपिहिमाल गाउँपालिका वडा नम्बर ३ बाट दलित महिला सदस्यमा नेकपा एमालेबाट टिकट पाएका सोभा टमटा निर्विरोध निर्वाचित हुनुभएको पत्रकार नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?