आचारसंहिता कुल्चदै प्रचारप्रसारमा बालबालिकाको प्रयोग

दार्चुला । निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानमा तिब्रता दिएका छन् । राजनीतिक सभा, समारोह र जुलुसमा आचारसंहिता र बालअधिकारको उल्लङ्घन गर्दै बालबालिकाको प्रयोग समेत भइरहेको पाइएको छ ।

दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनआवद्ध नेपाली कांग्रेश र नेकपा माओबादी केन्द्रको जुलुसमा बालबालिकाहरुलाई सहभागि गराउदै झण्डा बोकाउने काम भएको स्थानीय गोबिन्द धामीले बताउनुभयो । बालबालिकाले झण्डा बोकेको सन्दर्भमा नौगाडका स्थानीय समेत रहनुभएका नेकपा माओबादी केन्द्रका नेता एबं सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री मानबहादुर धामीले भने विपक्षीले गठबन्धनको दुष्प्रचार गर्न झण्डा समात्न लगाएर फोटो खिच्दै सामाजिक सञ्जालमा पोष्ट गरेको आसयको प्रतिक्रिया दिनुभएको छ ।

नौगाड गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेबी ठगुन्नाले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । भने गठबन्धनको तर्फबाट अध्यक्षमा माओबादी केन्द्रका दलजितसिंह धामी र उपाध्यक्षमा कांग्रेशका जगतसिंह ठगुन्नाले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्पलेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न/नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई अनुरोध गरेपनि आचारसंहिताको उल्लङघन भइरहेको पाइएको हो ।

निर्वाचन आचारसंहिताप्रति सबै राजनीतिक दलले प्रतिबद्धता जनाइसकेको भएपनि पालना नगरेको भन्दै जनगुनासो बढेको छ । आचारसंहितामा राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था छ । तर आचारसंहिता विपरित राजनीतिक गतिविधि भइरहेको लेकमका स्थानीय नरेश जोशीले बताउनुभयो ।

आचारसंहितामा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?