निर्वाचन सुरक्षाका लागि अन्तरजिल्ला बैठक बलाँचमा सम्पन्न

दार्चुला । निर्वाचन सुरक्षाका लागि दार्चुला र बैतडी जिल्लाको अन्तरजिल्ला स्तरीय समन्वय बैठक मंगलबार सम्पन्न भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा बैठक सम्पन्न भएको हो ।

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अन्तरजिल्ला स्तरीय बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसंगको समन्वय लगायतका बिषयमा छलफल भएको बताइएको छ । यस्तै बैठकमा दुई जिल्लाका अधिकारीहरु बिच अवैध हातहतियार नियन्त्रण, लागू औषध नियन्त्रण, वनपैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लगाएत शान्ती सुरक्षाको विषयमा छलफल भएको छ ।

बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र चारओटै सुरक्षा निकायका प्रमुखहरु तथा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे रसुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?