दार्चुला । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ । स्थायी पदपूर्ति गर्न आयोगले दोस्रोपटक बुधबार कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवा, पाँचौ तह प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले माग गरेअनुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । शिक्षा प्रशासनको प्राविधिक सहायकका लागि खुलातर्फ ७ जना, महिलातर्फ २, आदिवासी जनजाती, मधेसी र दलिततर्फ १÷१ गरी १२ पदमा विज्ञापन गरिएको छ ।
यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो। त्यसमा १६७ पदमा विज्ञापन गरिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया