दार्चुला । दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडाका चार वर्षीय अनिलसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घरमा खेल्ने क्रममा बालकलाई सर्पले टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो। बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।
जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया