दार्चुला । स्याङ्जा वालिङ( १४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।
मतदानका लागि जाँदै गरेका मतदाताहरु बोकेको ग २ च ३०२६ नम्बरको जीप पर्वत जोड्ने माथिल्लो सडकबाट झरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाईतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयो ।
अहिले उद्धारको कार्य जारी छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ । घाइतेहरुको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया