दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा सत्तारुढ गठबन्धनको सुरुवाती अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा माओबादी नेता भगतसिंह ठेकरेले अग्रता लिनुभएको छ । गाउँपालिका अध्यक्षमा एमाले नेता धर्मानन्द मन्यालको २७४ र गठबन्धनको तर्फबाट माओबादी नेता भगतसिंह ठेकरेको ४४६ मत प्राप्त भएको छ । उपाध्यक्षमा एमालेबाट उर्मिला बोहराको २८८ र गठबन्धनको तर्फबाट कांग्रेश नेतृ देबकी बोहराको ३६५ मत प्राप्त भएको छ ।
अपिहिमालको वडा नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेशका उम्मेदवार पोखरसिंह लोथ्याल विजयी हुनुभएको खबर प्राप्त भएको छ । लोथ्याल प्यानलसहित विजयी भएका बताइएको छ। लोथ्याल १८३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए। लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार हुन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया