लेकमको अध्यक्षमा गठबन्धनको अग्रता कायमै, उपाध्यक्ष र वडामा एमालेको अग्रता

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओबादी नेता रामदत्त जोशी (आरडी) को प्रारम्भीक अग्रता देखिएको छ । उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्य पदमा भने एमाले उम्मेदवारको अग्रता देखिएको छ ।

छ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार रामदत्त जोशीले ३१४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमाले उम्मेदवार परमानन्द जोशीले २०५ मत प्राप्त गर्नुभएको छ । नेकपा एकिकृत समाजवादीका नरेन्द्र रावलले ३९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमाले उम्मेदवार मावधी जोशी २८० मतसहित अग्रस्थानमा हुनुहुन्छ भने गठबन्धनका साझा उम्मेदवार कांग्रेशका सुना जोशीले २४६ मत प्राप्त गर्नुभएको छ । वडाअध्यक्षमा एमाले उम्मेदवार नवराज पन्तको ३०३ मतसहित प्यानलै अगाडी छ भने गठबन्धनको तर्फबाट कांग्रेशका महादेब साउद २४६ मतसहित पछ्याइरहनुभएको छ ।

लेकम गाउँपालिकामा वडा नम्बर १ बाट मतगणना भइरहेको छ । आधाभन्दा बढी मत गणना भइसक्दासम्म अध्यक्ष पदमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी १०९ गतले अगाडी रहनुभएको छ । भने उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीको ३४ मतको अग्रता छ । वडामा एमालेको प्यानलै अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?