दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ बाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको अग्रता देखिएको छ भने वडाका उम्मेदवार निर्वाचित भइसकेका छन् ।
गठबन्धनको तर्फबाट अध्यक्ष पदमा दलजितसिंह धामीको ६८३ मत प्राप्त भएको छ भने उपाध्यक्षमा जगतसिंह ठगुन्नाको ७०६ मत प्राप्त भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ बाट अध्यक्षमा एमाले उम्मेदवार प्रेमसिंह धामीको ४७४ मत र उपाध्यक्षमा ४५१ मत प्राप्त भएको छ । वडामा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।
वडाअध्यक्षमा कांग्रेशका उम्मेदवार हरिलाल महता ६९९ मत प्राप्त गर्दै प्यानलसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवारले ४६९ मत प्राप्त गर्नुभएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया