काेराेना कहर : सुदूरपश्चिमका १२ सहित देशभर एक सय जनाकाे मृत्यु

दार्चुला । सुदूरपश्चिममा साढे दुई महिनाको अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलाली र अछामका चार/चार तथा बाजुरा र बझाङका दुई/दुई जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्।

दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।

उता वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत एक सङ्क्रमितको शुक्रबार साँझ मृत्यु भएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे सङ्ख्या एक सय पुगेकाे छ तर औपचारिक घाेषणा हुन बाँकी छ ।

शुक्रबार एक सङ्क्रमित वृद्धको मृत्यु भएसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने साउन महिनामा मात्रै २२ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका पाँच, रौतहटका एक रहेका छन् भने जेठ ३१ गते वीरगञ्जको घण्टाघरछेउमा मृत फेला परेका एक सङ्क्रमित युवकको हालसम्म पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?