दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।
मनपा १ मा खसेको १३७२ मतगणना सम्पन्न हुदा एमाले उम्मेदवार मोहन सिह महराले ७२१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ५९७ मत प्राप्त गर्नुभयो ।
नगरप्रमुखमा एमालेले ७२६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवारले ६०७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमाले ७१४ मत प्राप्त गर्दा गठबन्धनले ६०९ मत प्राप्त भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया