दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको छ । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री बिष्टले विजय प्राप्त गर्नुभएको हो ।
मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गर्नुभयो । चैसीरसंग पराजित हुनुभएका गठबन्धनको तर्फबाट कांग्रेश उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गर्नुभयो । उपमेयरमा विजयी बिष्टले चार हजार ६२६ मत प्राप्त गर्दा उहाँसंग पराजित गठबन्धनको तर्फबाट कांग्रेश उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गर्नुभयो । अहिले पराजित भट्टसंग चैसीर २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएको थियो । अहिले चैसीरसंग भट्ट पराजित हुनुभएको हो ।
महाकाली नगरपालिकाको वडा नम्बर १ मा एमालेका मोहन सिह महरा ७२७ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर २ मा एमालेकै शंकर सिह डोबाल ५०९ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ३ मा कांग्रेशका पदम सिह महरा ६०४ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ४ मा एमालेका जगत चुनारा २५८ मत प्राप्त गर्दै विजयी हुनुभयो ।
वडा नम्बर ५ मा एमालेका दिलेन्द्र प्रसाद अवस्थी ५१० मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ६ मा कांग्रेशका प्रेम बहादुर पाल ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ७ मा एमालेका शोभान सिह रैखोला ४४८ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ८ मा एमालेका भवान सिह धामी ५५४ मत प्राप्त गर्दै विजयी हुनुभयो । वडा नम्बर ९ मा कांग्रेशका गजेन्द्र सिह कार्की ६९० मत प्राप्त गर्दै विजयी हुनुभयो । नौँ वडा रहेको महाकाली नगरपालिकामा छ वडामा एमाले र तीन वडामा कांग्रेशले विजय प्राप्त गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया