दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा हाइस दुर्घटना हुदा तीन जनाको ज्यान गएको छ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जादै गरेको राजेन्द्र सिह बिष्टको नाममा रहेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक प्रकाशसिंह धामी र यात्रु नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। हाइस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको बताइएको छ । घटनास्थलमा प्रहरी खटिएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको बताइएको छ ।
तीन जना गाउँलेको ज्यान गएपछि ग्वानी गाउँ शोकमा डुबेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया