दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ।
दार्चुलामा यसपटक नेकपा एमाले र माओवादीका उम्मेदवारहरुले जित हात पारेका छन्। गत निर्वाचनमा ९ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हात पारेको थियो। तर यसपटक भने कांग्रेस जिल्लामा शून्य भएको छ।
९ मध्ये ५ मा नेकपा एमालेका उम्मेदवार प्रमुख पदमा जितेका छन् भने ४ मा नेकपा एमाले विजयी भएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया