दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्ष पदमा एमालेका चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की विजयी हुनुभएको छ । नेपाली कांग्रेसका देवराज जोशीलाई पछि पार्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ४ हजार ९१७ मत ल्याउदा उहाँका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जोशीले ४ हजार ९१ मत ल्याउनुभयो ।
यस्तै उपाध्यक्ष पदमा एमालेकै पार्वती ऐरी कार्की विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका नवराज भट्ट (कुसुम) लाई पराजित गर्नुभएको हो । कार्कीले ४ हजार ७८४ मत ल्याउदा भट्टले ३ हजार ६४१ मत ल्याउनुभयो ।
दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको हो । गएको स्थानीय तहको निर्वाचनमा पनि सो पालिकामा एमालेले नै जित निकालेको थियो । अध्यक्षमा चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती ऐरी कार्की पुनः दोहोरिएका हुन् ।
गाउँपालिकाका ८ वडा मध्ये ६ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ८ मा नेपाली कांग्रेस र वडा नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवारले जित हासिल गरेका छन् । अन्य वडाहरुमा एमालेले जित हासिल गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया