दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा हाइस दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सामुहिक अन्तेष्टी गरिएको छ । सोमबार गोकुलेश्वरबाट ग्वानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको हाइस सडकबाट पाँच सय मिटर तल रोलखोलामा खस्दा तीन जना युवाले ज्यान गुमाएका थिए ।
दुर्घटनामा ज्यान गुमाएका शैल्यशिखर ६ ग्वानीका नविनसिंह धामी, हरिशसिंह धामी र प्रकाशसिंह धामीको सामुहिक चिता बनाएर मंगलबार (आज) अन्तेष्टी गरिएको हो । शैल्यशिखर नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख विजयसिंह धामीले एमाले पार्टीको झण्डा ओढाएर अन्तेष्टी गरेको स्थानीय भरत धामीले बताउनुभयो ।
ग्वानीकै विजयसिंह धामी मेयरमा निर्वाचित भएको खुसीयालीमा विजयउत्सब मनाउने तयारी भइरहेको बेला तीन जना युवाको मृत्यु भएपछि सिगों गाउँ नै शोकमा डुबेको छ ।
यसैबिच शैल्यशिखरको वडा नम्बर ६ ग्वानी सुन चढाउने ढुङ्गा नजिक बजानीको आसपास ६५ वर्षका धनबहादुर धामी मृत अवस्थामा भेटिएका छन् । पुरुष मृत भेटिएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया