दार्चुलाका सबै स्थानीय तह प्रमुखहरुले सपथ ग्रहण गर्दै

दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहमा निर्वाचित अध्यक्ष/प्रमुखहरुले विहिबार (आज) विहान ११ बजे सपथ ग्रहण गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिस कोमलप्रसाद आचार्यले अध्यक्ष प्रमुखहरुलाई सपथ ग्रहण गराउनुहुनेछ । बाँकी जनप्रतिनिधिहरुले पालिकामै सपथ ग्रहण गर्नेछन् ।

दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तह प्रमुखमा नेकपा (एमाले) उम्मेदवार विजयी भएका छन् । चार गाउँपालिका अध्यक्षमा नेकपा (माओबादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । जिल्लाभरी कांग्रेश र माओबादी केन्द्रबिच गठबन्धन बनेको छ । माओबादीले नेतृत्व पाएका चार वटै गाउँपालिकामा गठबन्धन विजयी भएको छ । भने कांग्रेशले नेतृत्व पाएका सबै पालिकामा प्रमुख पद गुमाएको छ, कांग्रेशले २०७४ मा जितेका पाँच वटै पालिकामा नेकपा एमाले विजयी भएको छ । वडाहरुमा मिश्रित नतिजा प्राप्त भएको छ । महाकाली नगरपालिकाको प्रमुखमा एमालेका नरसिंह चैसीर, शैल्यशिखर नगरपालिकाको प्रमुखमा एमालेका विजयसिंह धामी निर्वाचित हुनुभएको छ ।

व्यास गाउँपालिकामा नेकपा एमालेका मंगलसिंह धामी, दुहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका नरेन्द्र बडाल, मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । लेकम गाउँपालिका अध्यक्षमा माओबादीका रामदत्त जोशी, मार्मा गाउँपालिका अध्यक्षमा माओबादीका जमनसिंह धामी, नौगाड गाउँपालिका अध्यक्षमा माओबादीका दलजितसिंह धामी र अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । नौँ वटै स्थानीय तह प्रमुखहरुले आज सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

६१ वडा रहेको दार्चुलाका ३४ वडामा एमाले विजयी भएको छ । यस्तै १७ वडामा नेपाली कांग्रेश र १० वडामा नेकपा माओबादी केन्द्र विजयी भएको छ । महाकाली नगरपालिकामा एमाले–६ र कांग्रेस–३, शैल्यशिखर नगरपालिकामा एमाले–८ र काँग्रेस–१, व्यास गाउँपालिकामा एमाले–५ र कांग्रेश–१, नौगाड गाउँपालिकामा एमाले–३, माओबादी–२ र कांग्रेश–१, अपिहिमाल गाउँपालिकामा कांग्रेस–३ र माओवादी–३, मार्मा गाउँपालिकामा एमाले–२, कांग्रेस–१ र माओवादी–३, दुहुँ गाउँपालिकामा एमाले–२, कांग्रेस–२ र माओवादी–१, मालिकार्जुन गाउँपालिकामा एमाले–४, कांग्रेस–३ र माओवादी–१, लेकम गाउँपालिकामा एमाले–४ र कांग्रेस–२ वडामा विजयी भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?