दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा शौचालयको छतबाट लडेर एक महिला घाइते हुनुभएको छ ।
लेकमको वडा नम्बर २ कैनोडाका अन्दाजी ६५ बर्षीया नन्दादेबी जोशी घरको छतबाट लडेर विहिवार (आज) विहान घाइते हुनुभएको हो । घाइते जोशीको उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।
यसअघि सुरक्षा स्रोतबाट प्राप्त सूचनाका आधारमा दार्चुलामा घरको छतबाट लडेर एक महिलाको मृत्यु शिर्षकमा गलत समाचार प्रकाशित भएकोमा क्षमाप्रार्थी छौँ । घाइते जोशीलाई उपचारका लागि अस्पताल पठाइएको पारिवारले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया