दार्चुला । स्थानीय तहमा गरिएको गठबन्धनले राजनीतिक नेतृत्वमा महिलाको उपस्थिति घटाएको छ । दलहरूले केही पालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा पुरूष सदस्यलाई नै अगाडि सारेका कारण पालिकाको नेतृत्वमा महिलाको संख्या २०७४ को भन्दा निकै कम भएको हो ।
नेपाली कांग्रेश र नेकपा माओबादी केन्द्रबिच गठबन्धन भएको दार्चुलाका तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा पुरुष विजयी भएका छन् । नौगाड, मालिकार्जुन, व्याँस गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवैमा पुरुष सदस्य निर्वाचित भएका छन् । नौगाड गाउँपालिका अध्यक्षमा माओबादीका दलजितसिंह धामी र उपाध्यक्षमा कांग्रेशका जगतसिंह ठगुन्ना, मालिकार्जुन गाउँपालिका अध्यक्षमा एमालेका हिरासिंह धामी र उपाध्यक्षमा माओबादी केन्द्रका कल्यानसिंह धामी (पंकज) र व्यास गाउँपालिका अध्यक्षमा एमालेका मंगलसिंह धामी र उपाध्यक्षमा विनोदसिंह कुवँर विजयी हुनुभएको छ । तीन वटै पालिकामा सत्ता गढबन्धनले पुरुष उम्मेदवारमात्रै उठाएको थियो भने एमालेले उपाध्यक्षमा महिला उम्मेदवार उठाएपनि पराजित भएका छन् ।
अहिले सुदूरपश्चिमका अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष विजयी भएका छन् । गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवारी दिँदा नै महिलालाई दुई प्रमुख पद मध्ये एकमा टिकट दिनुपर्ने भए पनि यो पटक भने अलग अलग दलबाट पुरुषलाई नै टिकट दिएकोले महिलाको उपस्थिति कम भएको हो ।
बैतडीको डिलाशैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षमा गठबन्धनका भगीरथ बोहरा निर्वाचित भएका छन् । यहाँपनि गठबन्धनले महिला उम्मेदवार नउठाउदा दुबै पदमा पुरुष विजयी भएका छन् । चुनावी गठबन्धन हुँदा फरक–फरक दलबाट प्रमुख र उपप्रमुखले उम्मेदवारी दर्ता गर्दा महिलाहरुलाई प्राथमिकता दिइएन । जसकाकारण धेरैजसो स्थानीय सरकारका प्रमुख र उपप्रमुख दुबै पदमा पुरुष मात्रै निर्वाचित भएका छन् । गठबन्धनले संबिधानको मर्मलाइ लत्याएर सत्ता स्वार्थलाई केन्द्रबिन्दुमा राखेका कारण यस्तो अवस्था सिर्जना भएको कानुनविदहरुको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया