दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेका छन् । जिल्ला सदमुकाम खलंगा क्षेत्र समेत समेटिएको महाकाली नगरपालिकाको नगर प्रमुखमा निर्वाचित नरसिंह चैसिर र उप प्रमख दुर्गा खत्री विष्टले बिहिबार (आज) पदभार ग्रहण गर्नुभएको हो ।
गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट महाकाली नगरपालिकाको नगर प्रमुखमा चैसिर र उपप्रमुखमा विष्ट निर्वाचित हुनुभएको थियो । आजै नगरप्रमुख चैसीरलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यबाट सपथ ग्रहण गरेपछि महाकाली नगरपालिकाको कार्यालयमा दुबै जनाले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेलगत्तै पाँच सय सम्मको सिफारिस दस्तुर घटाएर एक सयमा झार्ने निर्णय गरिएको र उक्त निर्णय पहिलो नगरसभाबाट संशोधन गरि कार्यान्वयन ल्याइने बताइएको छ ।
सम्बन्धित समाचार : दार्चुलाका नवनिर्वाचित पालिका प्रमुखहरूद्वारा सपथ ग्रहण
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया