दार्चुला । दार्चुलामा स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीहरुको विदाइ गरिएको छ । स्थानिय तह निर्वाचन २०७९ को सुरक्षार्थ गत चैत २८ गतेबाट नियुक्ति भएका म्यादी प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि विदाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रतिक बिष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थितीमा सम्पुर्ण म्यादी प्रहरीहरुको विदाइ गरिएको हो ।
विदाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक बिष्टले म्यादी प्रहरीहरुलाई सेवा गरेको प्रमाण–पत्र प्रदान गरि धन्यवाद तथा शुभकामना दिनुभयो ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया