दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा असिना–पानी परेको छ । दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा शुक्रबार (आज) अपरान्ह भारी असिना–पानी परेको हो ।
शनिवार दिउँसोदेखि परेको असिनापानीले उम्रिनै लागेको मकै बालीमा क्षति पु¥याएको किसानहरुले बताएका छन् । विभिन्न ठाउँबाट किसानहरुले फोन गरेर असिनापानीले फलफुल, तरकारी खेती र मकैका बोटहरुमा क्षती गरेको गुनासो गरेका छन् ।
हावाहुरी, बर्षासंगैको असिनाले फलफुल र तरकारी खेतीमा बढी क्षती पुगेको छ । कृषि बालीमा क्षती पुगेपछि किसान चिन्तित बनेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया