दार्चुला । दार्चुलामा दुई दिने बृहत साहित्य महोत्सवले रौनकता छाएको छ । दार्चुला साहित्य समाजको आयोजनामा शुक्रबारदेखि कालापानी, लिपुलेक र लिम्पियाधुराको आँगन जिल्ला सदरमुकाम खलंगामा बृहत साहत्यि महोत्सव सुरु भएको हो ।
अमेरिकास्थित तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षतामा सुरु भएको महोत्सवमा देशकै चर्चित साहित्यकारहरुका साथै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा अम्मरराज जोशी, महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसीर लगायत जनप्रतिनिधि, समाजसेवी, साहित्यप्रेमी, बुद्धिजिविहरुको उपस्थिति रहेको छ । महोत्सवमा जिल्लाका नौँ वटै स्थानीय तहका मौलिक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय साहित्यकार, लेखक तथा प्राज्ञहरुको उपस्थितिले दार्चुलाको वातावरण साहित्यमय बनेको महोत्सवमा सहभागिहरुले बताएका छन् ।
महोत्सवमा शिक्षकद्धय नरेन्द्र बडाल र लाकेन्द्र बहादुर बमको संयुक्त मुक्तक संग्रह छुटेका यादहरु विमोचन गरिएको छ । यस्तै साहित्यकार किशन धामीको अंग्रेजी संस्करण एटलान्टिकका भंगालहरुको पनि विमोचन गरिएको लेखक लोकेन्द्र बमले बताउनुभयो । जिल्ला बाहिरबाट आएका लेखक र साहित्यकारहरुले दार्चुलाको मौलिक कला र संस्कृतिको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
दार्चुला बृहत साहित्य महोत्सवमा उपस्थित अतिथिहरु । तस्बिरः पत्रकार नरेन्द्र कार्की र रामसिंह धामी/दार्चुला






विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया