सोमबारदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा

दार्चुला । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि हुँदैछ । जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको तयारी सबै पूरा भएको जानकारी दिनुभयो । ‘हामीले सबै परीक्षाको तयारी सकेका छौं । उत्तरपुस्तिकाहरु सबै पुगिसकेको उहाँको भनाई छ ।

बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका प्रादेशिक कार्यालयहरुले जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरेर काम गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?