१७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत, दार्चुला उपेक्षामा

दार्चुला । सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

झण्डै १८ खर्बको बजेट प्रस्तुत हुँदा समेत दार्चुला जिल्ला उपेक्षामा परेको छ । दार्चुलाबाट मन्त्रीपरिषदमा प्रतिनिधित्व समेत रहेको अवस्थामा जिल्लाको विकास र समृद्धिका लागि ठूला योजनाहरुमा ठोस निति तथा बजेटको व्यवस्था नभएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

खलंगामा सञ्चालित खानेपानी आयोजना सम्पन्न गर्ने लगायत सीमित कार्यक्रममा मात्रै बजेट विनियोजन भएको र जिल्लाको दिगो विकास र समृद्धिका लागि महत्तपूर्ण मानिएका योजनाहरुमा बजेट विनियोजन हुन नसकेको प्रतिक्रियाहरु आइरहेका छन् । यद्धपी क्रमागत र नियमित केही योजना, कार्यक्रमहरुमा भने बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?